शिक्षक पदपूर्तिको कार्यतालिका यस्तो छ, परीक्षा र नतिजा सार्वजनिक हुने मिति समेत सार्वजनिक

नेपालभ्युज

शिक्षक पदपूर्तिको कार्यतालिका यस्तो छ, परीक्षा र नतिजा सार्वजनिक हुने मिति समेत सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले आगामी वर्षका लागि शिक्षक पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि आवेदन माग गरिनेछ । फागुनमा निम्न माध्यमिक तहका लागि विज्ञापन खुल्नेछ भने प्राथमिकत तहकालागि बैशाखमा आवेदन माग गरिने छ ।

पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै निम्न माध्यमिक तहको भने वैशाख र असारमा परीक्षा हुने कार्यतालिका छ । त्यस्तै प्राथमिक तहको जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नै नतिजा प्रकाशन गर्ने आयोगको तयारी छ ।

अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको लागि आगामी साउनमा आवेदन माग गरिने छ । अनुमति पत्रको परीक्षा असोजमा गर्ने कार्यतालिका छ ।

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा कात्तिकमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved