काठमाडौं। बतास ब्रदर्सले आफ्नो क्षेत्राधिकारभित्रै रहेर नारायणहिटीमा रेस्टुराँ सञ्चालन तथा अन्य विभिन्न व्यवसायहरू गरेको दाबी पोखरा उद्योग वाणिज्य संघले गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै संघले बतास ब्रदर्श र यसका सञ्चालक आनन्द बतासको बचाउ गरेको हो।
‘‘पोखरा उद्योग वाणिज्य स.घको सदस्य प्रतिष्ठान होटल आनन्दका सञ्चालन श्री आनन्तराज बतास तथा बतास ब्रदर्ससँग जोडिएर पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यवसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार÷व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ् भएको विषय हो। सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आह्वान गरेको भए बतास समूह न त नारायणहिटी भित्रको रेस्टुराँमा लगानी गथ्र्यो न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको संभावना खोज्न उद्यत रहन्थयों। राज्य स्वर्यले टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप/प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैंमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको हाम्रो ठम्याई रहेको छ,’’ विज्ञप्तिमा भनिएको छ।
पढ्नुस् पूर्णपाठ :

Facebook Comment
Comment