एजेन्सी । वर्षात्को समयमा पखालाको समस्या धेरै बढ्छ । यसबाट बच्न केही घरेलु उपाय अपनाउन सकिन्छ ।
वर्षात्को समयमा पखालाबाट बच्न धेरै पानी पिउनु पर्छ । हरेक पटक पिसाब फेरेपछि एक गिलास पानी अवश्य पिउनुहोस् ।
पखालाबाट बच्न इलेक्ट्रोलाइटको सेवन गर्न सकिन्छ । यसले शरीरबाट निस्किएको क्याल्सियम, क्लोराइड, म्याग्नेशियम, पोटाशियम र सोडियमलाई पूरा गर्छ ।
पखालाबाट बच्न नरिवल पानी पनि पिउन सकिन्छ । नरिवल पानीमा पोटाशियम, म्याग्नेशियम जस्ता प्राकृतिक इलेक्ट्रोलाइट पाइन्छन् । यसले पखालाको समस्याबाट बच्न सकिन्छ ।
कागती, नुन चिनीको घोल बनाएर पिउनु पनि फाइदाजनक हुन्छ । यसले शरीर हाइड्रेट रहन्छ र पखालाबाट पनि बच्न सकिन्छ ।
दुग्धजन्य पदार्थ धेरै खानु हुँदैन । यसका साथै प्रसोधित खाना तथा ग्लुटेन पनि खानु हुँदैन । यस्ता चीजले पखाला, पेट दुख्ने र वाकवाकीको समस्या बढाउन सक्छन् ।
फाइबरयुक्त चिजको सेवनले पनि निकै फाइदा गर्छ । यसले शरीरबाट अतिरिक्त पानी निस्कन बन्द हुन्छ । एकदमै धेरै फाइबरको सेवन भने गर्नु हुँदैन ।
Facebook Comment
Comment