ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, भोलि शपथ

नेपालभ्युज

ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, भोलि शपथ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नियुक्त गर्ने तयारी गरेका हुन् ।

संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन्।

आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने राष्ट्रपति कार्यालयको तयारी छ ।

आफू नियुक्त हुनेबित्तिकै कांग्रेस र एमालेका भागमा परेका सबै मन्त्रीलााई सोमबार नै शपथ ग्रहण गराउने ओलीको तयारी छ ।

ओली चौथों पटक प्रधानमन्त्री बन्न लागेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved