काठमाडौं । पाकिस्तानको पेशावर सहरमा अवतरण गर्ने क्रममा साउदी एयरलाइन्सको यात्रूवाहक विमानमा आगलागी भएको छ ।
उडानमा रहेका सबै २७६ यात्रु र २१ चालक दलका सदस्यलाई स्लाइडमार्फत् सुरक्षित रूपमा बाहिर निकालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
बाचाखान अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले भने, ‘साउदी एयरलाइन्सको विमानमा आगो लाग्नुअघि अवतरणका क्रममा टायर नजिकै स्पार्क र धुवाँ देखिएको थियो। त्यसपछि दमकल र उद्धारकर्मी धावनमार्गमा पुगेका थिए।’
साउदी एयरलाइन्सले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ , ‘रियादबाट पेशावर जाँदै गरेको फ्लाइट नम्बर एसभी७९२ को टायरबाट अवतरणका क्रममा धुवाँ निस्कन थाल्यो। त्यसपछि विमानलाई तुरून्तै रोकेर सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको थियो।’
सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेका छन् ।
Facebook Comment
Comment