राप्रपाले बोलायो संसदीय दलको बैठक, प्रचण्डलाई मत दिने नदिने विषयमा निर्णय गर्ने

नेपालभ्युज

राप्रपाले बोलायो संसदीय दलको बैठक, प्रचण्डलाई मत दिने नदिने विषयमा निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बदलिएको राजनीतिक समीकरणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

बैठक दिउँसो २ बजे सिंहदरवारमा बस्नेछ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न राप्रपाले बैठक बोलाएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुसँग छलफल गरी उनीहरुको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने भएका हुन् । राप्रपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई स्वागत गरिसकेको छ ।

सत्ता गठबन्धनले सरकार छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिदै छन् । राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved