दोहोरो अंकले बढ्यो सेयर बजार

नेपालभ्युज

दोहोरो अंकले बढ्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७९ अंकले बढेर २१५२ दशमलव १४ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१६ कम्पनीका ६६ हजार ७ सय १६ पटकको कारोबारमा १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५० अंकले बढ्दा फ्लोट इन्डेक्स १ दशमलव ११ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३३ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये व्यापार कम्पनी, होटेल तथा पर्यटन, फाइनान्स तथा निर्माण कम्पनीहरू घटेका छन् भने बाँकी ९ वटा बढेको छ । मं

गलबार माइक्रोफाइनान्स र विकास बैंक सर्वाधिक बढेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार सर्वाधिक भएको छ भने गणपती लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यले सकारात्मक सर्किट हानेको छ । त्यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर, यूनिक नेपाल लघुवित्त र सबैको लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved