पछिल्लो समय प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : चित्रबहादुर केसी

नेपालभ्युज

पछिल्लो समय प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : चित्रबहादुर केसी
फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।

एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताए ।

साथै, अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समिकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे ।

दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved