मुलुकभर बदली: कोशी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

नेपालभ्युज

मुलुकभर बदली: कोशी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी,मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा अहिले हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने विभागको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धनगढीमा १०२ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved