एजेन्सी । वर्षात्को मौसममा आँखासँग जोडिएका समस्या फैलन थाल्छन् । यही मध्ये एउटा हो, कन्जक्टिवाइटिस । यस्तो प्रकारको आँखाको संक्रमणबाट बच्न तपाईंले केही टिप्स अपनाउन सक्नुहुन्छ ।
कन्जक्टिवाइटिसका पछाडि कयौं कारण हुन सक्छन् । मनसुनको समयमा ब्याक्टेरिया धेरै फैलिन्छन्, जसले गर्दा यो समस्या बढ्छ । त्यसैले पनि वर्षात्को समयमा आँखामा संक्रमण पनि धेरै हुने गर्छ ।
तपाईं कन्जक्टिवाइटिसबाट बच्न चाहनुहुन्छ भने आफ्ना आँखा सफा राख्नुहोस् । यसका लागि डाक्टरसँग सोधेर कुनै आईड्रप पनि लिन सक्नुहुन्छ ।
यदि तपाईं यस्तो संक्रमणबाट बच्न चाहनुहुन्छ भने आँखासँगै आफ्ना हात पनि सफा राख्नुहोस् । यसले संक्रमण हुनबाट जोगिन्छ । किनकी कुनै पनि समयमा तपाईंले जानी नजानी हात आँखामा लैजान सक्नुहुन्छ ।
कन्जक्टिवाइटिसबाट बच्न आफ्ना व्यक्तिगत चिजहरु जस्तै- तौलिया, रुमाल, मेकअपका सामानहरु अरु व्यक्तिसँग सेयर नगर्नुहोस् । सकेसम्म यस्ता चीज घरकै व्यक्तिसँग पनि सेयर नगरेको राम्रो हुन्छ ।
यसबाट बच्न तपाईंले चस्मा पनि लगाउन सक्नुहुन्छ । यसले संक्रमणको खतरा धेरै हदसम्म कम हुन्छ । जब तपाईं चश्मा लगाउनुहुन्छ स्वाभाविक रुपले आँखा कम छुने गर्नुहुन्छ ।
तपाईंलाई यस्तो खालको संक्रमण भइहाल्यो भने आफैँ डाक्टर नबन्नुहोस् । आँखा रोग विशेषज्ञलाई देखाउनु पर्दछ । यो समस्यालाई बेवास्ता गर्नु हुँदैन ।
Facebook Comment
Comment