शारदा ब्यारेजका सबै ढोका खोलिए, सवारी साधन आवागमनमा रोक

नेपालभ्युज

शारदा ब्यारेजका सबै ढोका खोलिए, सवारी साधन आवागमनमा रोक

काठमाडौं । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव दिनहुँ बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको छ ।

नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् ।

बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम भइरहेको छ । पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

पानीले खतराको सतह नाघेपछि शनिवार साँझदेखि शारदा ब्यारेजमा सवारी साधन चल्न रोक लगाइएको हो ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारीसाधनमा रोक लगाउने गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved