महाकालीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा सवारी साधन चलाउन रोक

नेपालभ्युज

महाकालीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा सवारी साधन चलाउन रोक

काठमाडौं । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ ।

पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार चक्के सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि हिजैदेखि शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले सवारीसाधनको आवागमनमा रोक लगाइएको बताए ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार चक्के सवारीसाधनमा रोक लगाउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved