सबै केन्द्रीय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुंगो लगाउने एकीकृत समाजवादीको निर्णय

नेपालभ्युज

सबै केन्द्रीय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुंगो लगाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निष्कर्ष निकालेको पनि उनले बताए ।

महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठूलो उत्साह पैदा भएको खतिवडा बताउँछन् । उनले पार्टीलाई अघि बढाउन धेरै ठूलो उर्जा प्राप्त भएको निष्कर्ष रहेको बताए ।

बैठकले पदाधिकारी नयाँ चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved