कोपा अमेरिका : भेनेजुएलालाई सडन डेथमा हराउँदै क्यानडा सेमिफाइनलमा

नेपालभ्युज

कोपा अमेरिका : भेनेजुएलालाई सडन डेथमा हराउँदै क्यानडा सेमिफाइनलमा

काठमाडौं। क्यानडा कोपा अमेरिका-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको डालासस्थित एटी एन्ड टी रंगशालामा शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडा सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकर पनि ३–३ मा सकिएपछि क्यानडाले सडन डेथमा जित हासिल गरेको हो ।

खेलको १३ औं मिनेटमा जेकब साफलबर्गले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भेनेजुएलाका सलोमन रन्डनले गोल गरेसँगै खेल बराबरीमा पुग्यो ।

त्यसपश्चात भएको टाइब्रेकरमा क्यानडा र भेनेजुएला दुवैले दोस्रो र चौथो प्रहारमा गोल गर्न सकेनन् । तर, सडन डेथमा भेनेजुएलाका विलकर एन्जलले पेनाल्टीमा गोल गर्न सकेनन् । क्यानडाका इस्माएल कोनेले गोल गर्दै जित पक्का गरे ।

अब क्यानडाले सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

आजै हुने क्वाटरफाइनलमा उरुग्वे र ब्राजिल तथा कोल्मोबिया र पानामा खेल्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved