दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्बमाथि

नेपालभ्युज

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्बमाथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १५ दशमलव ४६ अंकले बढेर २११९ दशमलव ६९ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१३ कम्पनीका ८४ हजार १ सय २६ पटकको कारोबारमा २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १ दशमलव ८४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव १९ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०२ अंकले बढेको छ ।

१३ उपसमूहमध्ये निर्माण कम्पनी र फाइनान्स कम्पनी घटेका छन् भने ११ वटा बढेका छन् । जसमा सर्वाधिक जीवन बीमा कम्पनी बढेको छ । आज अन्खु खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर र विकास कम्पनीको कारोबार सर्वाधिक भएको छ । १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटाको घटेको छ भने ६ वटा स्थिर रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved