नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा

नेपालभ्युज

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा

काठमाडौँ।  नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आज राजीनामा दिएका छन्। दाहालले बुझाएको राजीनामाको प्रति आफुलाई प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्।

यसअघि नारायणहिटीमा बतास समूहलाई रेस्टुरेन्ट निर्माण गर्न ठेक्का दिने निर्णयले दाहाल विवादमा मुछिएका थिए। बतास समूहले बनाएका संरचनालाई सरकारले अहिले नारायणहिटी परिसरबाट हटाइसकेको छ। त्यस्तै, घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित ‘नारायणहिटी दरबार संग्रहालयको परिसरमा क्यान्टिन/क्याफेटेरिया सञ्चालनसम्बन्धी अध्ययन एवं छानबिन समिति’ ले सार्वजनिक खरिद ऐनविपरीत बतास समूहलाई मिलेमतोका आधारमा नारायणहिटीमा रेस्टुरेण्ट चलाउन दिने निर्णय गरिएको निष्कर्ष निकालेको थियो। समितिले दाहाललाई कारबाही गर्न सिफारिस समेत गरेको थियो। छानविनमा सहज होस् भनेर राजीनामा दिइएको दाहालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved