काठमाडौं । नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना को खरिदमा 0% प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले KONA मा “Zero Emission, Zero Interest” योजना ग्राहक माझ सार्वजनिक गरेको हो।
दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले 0% ब्याजदरमा पाँच बर्ष को लागि ५०% डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई KONA २ वटा भेरियन्टमा उपलप्ध छ । कोना GL को मूल्य रु. ५९,९६,००० र GLS भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।
हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।
Facebook Comment
Comment