काठमाडौं । अर्टेन्टिनाका कप्तान लियोनल मेसीले कोपा अमेरिकाको क्वार्टरफाइनलमा इक्वेडरविरूद्धको खेल खेल्ने निश्चित भैसकेको छैन ।
समूह चरणको अन्तिम खेलमा पेरुविरुद्धको खेलमा मेसी उपस्थित थिएनन् । अर्टेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेसीलाई क्वार्टरफाइनलमा खेलाउन सक्दो प्रयास गर्ने बताएका थिए ।
३७ वर्षका मेसीको तिघ्रामा समस्या देखिएको छ । यसकारण पनि गत शनिबारको खेलमा मेसी बेन्चमा थिए । यस कारण पनि उनले इक्वेडरविरुद्धको खेल खेल्ने वा नखेल्ने भन्ने विषयमा प्रश्न उठेका हो ।
तालिम चलिरहेको र तालिमको क्रममा भएको विश्लेषणको आधारमा मेसीबारे निर्णय हुने प्रशिक्षक स्कालोनीले बताए । उनले मेसीसँग कुरा नभएको तर, उनले पर्याप्त समय लिएर तालिम गर्नू भनेको बताए ।
। एमएलएसको नियमित संस्करणमा मेसी घाइते हुँदा ६ खेल गुमाएका थिए ।
Facebook Comment
Comment