यूरिक एसिडका बिरामीले यी चार तरकारी नखाएको राम्रो

नेपालभ्युज

यूरिक एसिडका बिरामीले यी चार तरकारी नखाएको राम्रो

एजेन्सी । खराब खानपान र कसरतको कमीले शरीरमा यूरिक एसिडको मात्रा बढ्छ । यूरिक एसिड नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

जान्नुहोस् त्यस्ता तरकारीका बारेमा जो विशेषगरी वर्षातको समयमा यूरिक एसिडको समस्या भएका व्यक्तिले नखाएको राम्रो हुन्छ ।

पालक

उच्च यूरिक एसिडको समस्या भएको अवस्थामा पालकको साग खानु हुँदैन । पालकमा प्यूरिनको मात्रा अत्यधिक हुन्छ । यो खाँदा शरीरलाई अझै नोक्सान पुग्न सक्छ ।

च्याउ

च्याउमा पनि प्यूरीनको मात्रा पाइन्छ, जसले शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ । यस्तोमा यूरिक एसिडका बिरामीले च्याउ खानबाट बच्नुपर्छ ।

फूल गोभी

यूरिक एसिडका बिरामीले फूल गोभी पनि सेवन गर्नु हुँदैन । फूलगोभीमा पनि प्यूरीनको मात्रा अत्यधिक हुन्छ ।

ब्रोकाउली

त्यस्तै उच्च यूरिक एसिड भएकाले ब्रोकाउली खानबाट पनि बच्नुपर्छ । यसको सेवनले यूरिक एसिडले हुने दुखाई तथा सुन्निने समस्या बढ्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved