काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
बुधबार समूह ‘डी’को अन्तिम खेलमा कोलम्बिया र ब्राजिलले १-१ गोलको बराबरी खेलेपछि अन्तिम-८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।
क्वार्टरफाइनलमा समूह विजेताले अन्य समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’बाट अर्जेन्टिना, ‘बी’बाट भेनेजुएला, ‘सी’बाट उरुग्वे र ‘डी’का कोलम्बिया समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेका छन् ।
समूह ‘ए’का क्यानडा, ‘बी’बाट इक्वेडर, ‘सी’बाट पनामा तथा ‘डी’बाट ब्राजिल उपाविजेतका रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अब क्वार्टरफाइनलको पहिलो खेलमा अर्जेन्टिना र इक्वेडरबीच शुक्रबार हुनेछ । शनिबार हुने खेलमा भेनेजुएला र क्यानडा आमने-सामने हुनेछन् । आईतबार भने कोलम्बिया र पनामा तथा उरुग्वे र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जेन्टिना र इक्वेडरबीचको खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे सुरु हुनेछ ।
Facebook Comment
Comment