काठमाडौं । सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
मंगलबार उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।
रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा उत्प्रेषणको आदेश माग गरिएको छ ।
रविविरुद्ध कास्की प्रहरीमा पुरक जाहेरी परे पनि महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै त्यसको खारेजी र रविलाई पदमुक्त गर्नुपर्ने रिट निवेदकको माग छ ।
Facebook Comment
Comment