शंकर पोखरेल भन्छन् –ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधनमा सहमति

नेपालभ्युज

शंकर पोखरेल भन्छन् –ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधनमा सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच समानुपातिक निर्वाचन प्रणालीसहितका राजनीतिक स्थायित्वमा असर गरिरहेका प्रणालीमा संविधानमा संशोधन गर्ने सहमति भएका छ । साथै राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

उनका अनुसार सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

‘‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उनले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved