काठमाडौं। भारतलाई टी–२० विश्वकप क्रिकेटको उपाधि जिताउन महत्पूर्ण भूमिका खेलेका विराट कोहली (Virat Kohli)ले आफ्नो श्रीमती अनुष्का शर्मा (Anushka Sharma) लाई धन्यवाद दिएका छन्।
सोमबार आफ्नो सामाजिक संजालमार्फत विराटले आफ्नो श्रीमतीलाई आफ्नो सफलतामा पुर्याएको योगदानको लागि धन्यवाद दिएका हुन्। इन्स्टाग्राममा विराटले लेखे, ‘यो जित जति मेरो हो त्यति नै तिम्रो पनि हो। धन्यवाद।’

उनले अनुष्काले सधैँ आफुलाई इमान्दारीपूर्वक विनम्र अनुभुति गराउनको साथै धरातलमा राख्ने पनि बताए। भारतले फाइनल जितेपश्चात अनुष्काले विराटलाई आफ्नो घर भएको लेखेका थिए।
सन् २०१७ मा विराट र अनुष्काले विवाह गरेका थिए। उनीहरुको छोरी भामिका सन् २०२१ मा जन्म भयो। छोरा एकेको जन्म भने यसै वर्ष भएको हो। फाइनल खेलपश्चात भारतका कप्तान रोहित शर्मा, विराट र रवीन्द्र जडेजाले पनि टी–२० अन्तराष्ट्रियबाट सन्यास लिए।
Facebook Comment
Comment