बोलिभियामा ‘कु’ को प्रयास असफल, नेतृत्व गर्ने सैन्य कमाण्डर पक्राउ

नेपालभ्युज

बोलिभियामा ‘कु’ को प्रयास असफल, नेतृत्व गर्ने सैन्य कमाण्डर पक्राउ
तस्वीर स्रोतः रोयटर्स

काठमाडौं। दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा बुधबार राति ‘कु’को असफल प्रयास भएको छ । ‘कु’को प्रयत्न गर्ने सैन्य नेतालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

प्लाजा मुरिलो स्क्वायरको ला पाजस्थित राष्ट्रपति भवनमा सैनिकको प्रवेश भएको केही घण्टापश्चात बोलिभियन सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका विद्रोही सैन्य नेता जनरल जुआन जोसे जुनिगाले लोकतन्त्रको पुनसंरचना गर्न चाहेको बताएका छन् । उनले राष्ट्रपति लुइस आर्सलाई सम्मान गरे पनि सरकार परिवर्तन गर्नु आफ्नो उद्देश्य रहेको बताए ।

राष्ट्रपति आर्सले सो “कु’ प्रयासको निन्दा गर्दै सर्वसाधारणलाई लोकतन्त्रको पक्षमा परिचालित हुन आग्रह गरेका थिए ।

‘हामी फेरी पनि ‘कु’ प्रयासले बोलिभियाको मानिसको जीवन लिएको हेर्न सक्दैनौँ,’ राष्ट्रपति भवनभित्रबाट जारी भएको टेलिभिजन सन्देशमा उनले बताएका छन् ।

राष्ट्रपतिको आव्हानसँगै हजारौं नागरिक सडकमा उत्रिएका थिए । सरकार र लोकतन्त्रको समर्थनमा  सडकमा आवाज लगाउनेहरुको शब्दसँग राष्ट्रपति आर्सको विचार मिलेको बीबीसीले उल्लेख गरेको छ ।

उनले नयाँ सैन्य कमाण्डर नियुक्ति गर्ने बताएका छन् । घटनाबारे सरकारी वकिलको कार्यालयले अपराधिक मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

बोलिभियामा यसअघि पनि पटक पटक यस्तो प्रयास भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved