मेक्सिकोलाई हराउँदै भेनेजुएला कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा

नेपालभ्युज

मेक्सिकोलाई हराउँदै भेनेजुएला कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं । भेनेजुएला कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोलाई १–० ले हराउँदै भेनेजुएला कोपा अमेरिकाको अन्तिम आठमा प्रवेश गरेको हो ।

भेनेजुएलाको जितमा साल्मोन रोन्डोनले ५७ औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो । अधिकांश समय खेलमा दबाब सिर्जना गरेको मेक्सिकोले गोल भने गर्न सकेन

आजै समूह बी अन्तरगत भएको पहिलो खेलमा इक्वेडरले जमैकालाई ३–१ गोलले हराएको छ । कोपा अमेरिकामा अर्जेन्टिना भने एक खेल अगावै अन्तिम आठमा पुगिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved