नेप्सेमा सामान्य अंकको वृद्धि, होटेल र पर्यटनमा लगानीकर्ताको उत्साह 

नेपालभ्युज

नेप्सेमा सामान्य अंकको वृद्धि, होटेल र पर्यटनमा लगानीकर्ताको उत्साह 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक ५ दशमलव ६० अंकले बढेर २०७१ दशमलव ७७ को विन्दुमा पुगेको छ ।

आज ३१९ कम्पनीका ६० हजार ८ सय ५८ पटकको कारोबारमा ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ० दशमलव २० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव १८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १६ अंकले घटेको छ ।

१३ उपसमूहमध्ये वटा बढेको छ भने ५ वटा घटेको छ । होटेल र पर्यटन क्षेत्रमा लगानीकर्ताले उत्साह देखाएका छन् भने फाइनान्स कम्पनी सर्वाधिक घटेको छ ।

यस दिन ग्लोबल आइएमई बैंक डिभेन्चरको सेयर सकारात्मक सर्किट लेभलमा आएर कारोबार भएको छ । कारोबारको हिसाबले मंगलबार आरएसडिसी लघुवित्तमा धेरै कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved