गृहमन्त्रीको दाबी- निर्मला पन्त हत्याको अनुसन्धान नतिजा नजिक छ

नेपालभ्युज

गृहमन्त्रीको दाबी- निर्मला पन्त हत्याको अनुसन्धान नतिजा नजिक छ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको दाबी गरेका छन् ।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो दाबी गरे ।

संसदमा राष्ट्रियसभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए ।

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर, प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए ।
अहिले पनि अनुसन्धान जारी रहेको बताए ।

उनले भने, ‘गोमा तिमल्सिनाले निर्मला पन्तको हत्यारा दुई दिनमा पत्ता लगाउँछु भन्नुभएको थियो, भन्नुभयो । म गएको अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो । यसको पत्ता लगाउने हो । दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढङ्गले आए जस्तो छ । दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो । त्यो प्राथमिकतामा नै छ । अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छौँ । । यति जानकारी यहाँहरूलाई गराउन चाहन्छु ।’

उनले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरू पनि नभुलेको बताए । —न्युज एजेन्सी नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved