काठमाडौं । समस्यामा परेका सहकारीहरूको छानबिनका लागि जेठ १५ गते गठन भएको संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि २०८१ जारी गर्दै समितिको क्षेत्राधिकार तोकिएको हो ।
सहकारी संस्थाहरूमा देखिएको संकट र यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिताको विषयमा समितिले अध्ययन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधि अनुसार जोखिममा रहेका र दुरुपयोग भएको बचतको छिटो र सरल फिर्ता कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि समितिले अध्ययन गर्न पाउनेछ ।
गोरखा मिडिया लगायत अन्य कम्पनी वा संस्थाबाट प्रवाह भएको रकमको अवस्था, गैरकानुनी रूपमा रकम प्रवाह भएको/नभएको अध्ययन गरी रकम जोखिममा पार्न संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने सम्मको काम अध्ययन समितिले गर्नुपर्ने कार्यविधिमा जनाईएको छ ।
समितिको सभापतिले बैठक आव्हानका लागि सूचना दिने र अन्य सदस्यलाई बोल्नका लागि समय निर्धारण गर्नुपर्नेछ । बैठक निर्धारित समयमा शुरु हुन नसके सभापतिले सूचना दिएर बैठक स्थगित गर्न सक्नेछन् । बैठकको कार्यसूची अघिल्लो बैठकबाट शुरु हुनेछ । बैठक बोलाइएको समयमा उपस्थित हुन नसक्ने भए सभापतिलाई पूर्व सूचना दिनुपर्ने प्रावधान कार्यविधीमा उल्लेख छ ।
Facebook Comment
Comment