गृहमन्त्री लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा

नेपालभ्युज

गृहमन्त्री लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

शुक्रबार उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्चले अर्को पेसी असार १८ गतेका लागि तोकेको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

उनले लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved