स्टार्कले उछिने मलिंगालाई, बने विश्वकपमा धेरै विकेट लिने खेलाडी

नेपालभ्युज

स्टार्कले उछिने मलिंगालाई, बने विश्वकपमा धेरै विकेट लिने खेलाडी

काठमाडौं । अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले नयाँ इतिहास रचेका छन् ।

आईसीसी टी-२० विश्वकपको सुपर-८ मा बंगलादेशविरूद्ध एक विकेट लिएका स्टार्क टी-२० र एकदिवसीय विश्वकपमा संयुक्त रूपमा सर्वाधिक विकेट लिने पहिलो बलर बनेका हुन् ।

उनले यसक्रममा श्रीलंकाका अनुभवी बलर लसिथ मलिंगाको रकेर्डलाई तोडेका छन् । सूचीमा अब स्टार्क पहिलो स्थानमा पुगेका छन् ।

वर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । स्टार्कले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएका थिए । जुन खेलमा अष्ट्रेलिया २८ रनले विजयी भएको थियो ।

यो विकेटसँगै मिचेल स्टार्क टी-२० र एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

जानौं, टी-२० र एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने बलरहरू-

९५ – मिचेल स्टार्क (अष्ट्रेलिया)
९४ – लसिथ मलिंगा (श्रीलंका)
९२ – शकिब अल हसन (बंगलादेश)
८७ – ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)
७९ – महमुदुल्लाह (बंगलादेश)

स्टार्कले एकदिवसीय विश्वकपमा ६५ विकेट लिएका छन् भने टी–२० विश्वकपमा ३० विकेट लिएका छन् ।

मलिंगाले एकदिवसीय विश्वकपमा ५६ विकेट र टी–२० विश्वकपमा ३८ विकेट लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved