काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ ।
आज बिहान वर्षाले खेल प्रभावित बनाएपछि ‘डकवर्थ एन्ड लुइस’ का आधारमा खेलाइएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेकोे बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाले ११ दशमलव २ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अष्ट्रेलिया विजयी भएको हो ।
जितसँगै ‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा रहेको अष्ट्रेलियाको दुई अंक भएको छ । सोही समूहमा रहेको भारतको पनि २ अंक नै भएको छ । भारतले गएराति अफगानिस्तालाई हराएको छ । बंगलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् ।
समूह २ मा एक एक खेल जितेका इङ्ल्याण्ड र दक्षिण अफ्रिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। यी दुईबीचको खेल आज राति सवा ८ हुनेछ।
Facebook Comment
Comment