इङ्ल्याण्ड डेनमार्कसँग बराबरीमा रोकियो

नेपालभ्युज

इङ्ल्याण्ड डेनमार्कसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकपमा इङ्ल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । उपाधि दाबेदार मानिएको इङ्ल्याण्ड बिहीबार राति भएको खेलमा डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको १८ औं मिनेटमा ह्यारी केनको गोलबाट इङ्ल्याण्डले अग्रता लिएको थियो । तर खेलको ३४ औं मिनेटमा डेनमार्कका मार्टेनले गोल गर्दै खेललाइ बराबरिमा लगे ।

दोश्रो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि त्यो सफल नभएपछि खेल बराबरीमा सकियो ।

बराबरीपछि इङ्ल्याण्ड २ खेलपछि ४ अंक बटुल्दै समूह सीको शीर्ष स्थानमा छ । डेनमार्क समान खेलबाट २ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

स्लोभेनियाको पनि २ अंक छ । सर्बिया भने १ अंकसहित पुछारमा छ । गएरातिनै भएको अर्को खेलमा स्लोभानिया र सर्वियाले पनि बराबरी खेलेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved