भारतले दियो अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य

नेपालभ्युज

भारतले दियो अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य

काठमाडौं ।  भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य दिएको छ। टी-२० अन्तर्गत सुपर आठको  पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो।

भारतका लागि सुर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए। यस्तै  ऋषभ पन्तले २० रन बनाउँद शिवम् दुवेले १० रन बनाए।

अफगानिस्तानका लागि रसिद खान र फजलहक फारुखीले ३-३ विकेट लिए भने नभिन उलहकले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved