पारिश्रमिक नपाएपछि अक्षयले उठाएका थिए निर्माताको सामान

नेपालभ्युज

पारिश्रमिक नपाएपछि अक्षयले उठाएका थिए निर्माताको सामान

एजेन्सी । अक्षय कुमार अहिले पनि बलिउड उद्योगमा चर्चामा रहन्छन् । करिअरको सुरूवाती दिनमा भने उनले कडा संघर्ष र मेहनत गरेका थिए ।

आफ्नो फोटोशुट समेत उनले उधारोमा रकम मागेर गर्ने गर्थे । अभिनयमा करिअर बनाउन उनलाई धेरै नै कष्ट व्यहोर्नु परेको थियो । अक्षय कुमारले फिल्म ‘सौगन्ध’ बाट फिल्मी करिअरको सुरूवात गरेका थिए ।

धेरै कम व्यक्तिले जानेका छन् उनी महेश भट्टको फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए । महेश भट्टको फिल्ममा उनले मात्र १० सेकेन्डको भूमिका पाएका थिए । एकपटक उनलाई निर्माताले पारिश्रमिक समेत दिएका थिएनन् ।

अक्षयले एक अन्तरवार्ताका क्रममा बताएका थिए कि, पारिश्रमिक नपाउँदा निर्माताको घरको सामान नै उठाएर लगेका थिए । तर, उनले ति निर्माताको नाम भने खुलाएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved