इङ्ल्याण्डको सहज जित, वेस्ट इण्डिज ८ विकेटले पराजित

नेपालभ्युज

इङ्ल्याण्डको सहज जित, वेस्ट इण्डिज ८ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ मा इङ्ल्याण्डले सहज जित हासिल गरेको छ ।

दोस्रो चरणको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्ट इण्डिजलाई ८ विकेटले हराएको हो ।

वेस्ट इण्डिजले दिएको १ सय ८१ रनको लक्ष्य इङ्ल्याण्डले सहजै पूरा गरेको हो ।

जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाएर विजयी लक्ष्य पुरा ग¥यो ।

ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।

वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो । समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर-८ मा आइपुगेको थियो ।

इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर-८ को समूहर २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका  रहेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved