के मालिस गरेर स्तनको आकार बढ्छ ?

नेपालभ्युज

के मालिस गरेर स्तनको आकार बढ्छ ?

एजेन्सी । स्तनको आकार बढाउन कतिपय महिलाले घरेलु उपाय पनि अपनाइरहेका हुन्छन् । त्यस्तै घरेलु उपायमध्ये एक हो मालिस ।

के साँच्चै मालिस गरेर स्तनको आकार बढाउन सकिन्छ त ? यसबारेमा जानौं–

केही अध्ययनले बताएका छन् मालिस गर्नाले स्तनको आकार केही हदसम्म बढ्न सक्छ । मालिसको प्रक्रियामा स्तनमा रक्तसञ्चार राम्रो हुन्छ । जसले गर्दा मांसपेशीको विकास हुन्छ र त्यसमा कसिलोपन पनि आउँछ ।

स्तनको मालिस गर्दा शरीरमा प्रोलेक्टिन र अक्सीटोसिन हर्मोनको उत्पादन हुन्छ । यसले आकार बढाउन सहयोग गर्दछ । स्तनको आकार नबढ्नुका पछाडि वंशाणुगत कारण पनि हुन सक्छ । परिवारका सदस्यमा स्तनको आकार सानो भइरहेको छ भने त्यसले आउँदो पिँढीलाई पनि असर गर्न सक्छ ।

स्तनको आकार नबढ्नुका पछाडि विभिन्न कारण हुन सक्छन् । खराब रक्तसञ्चार, तनाव लिनु, तौल कम हुनु, असन्तुलित हर्मोन तथा पोषणको कमीले पनि स्तनको आकार बढ्दैन ।

आकार बढाउन तपाईंले दैनिक रातमा सुत्नुअघि क्यास्टर तेलले स्तनको मालिस गर्नुहोस् । यसले स्तनको विकास राम्रोसँग हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved