गायिका रीमा गुरुङको नयाँ गीत ‘चुँडेर भूँइमा’ सार्वजनिक, उनकै गीतबाट दयाहाङ राईले गरेका थिए ‘डेब्यू’

अहिलेका चर्चित अभिनेता दयाहाङ राईले रीमाकै गीतबाट पर्दामा डेब्यु गरेका थिए । पूर्वेली गीत ‘बिनायो बजाउँदै, भाका सुनाउँदै’मा दयाहाङ राईले अभिनय गरेका थिए । त्यो गीत डेढ दशकअघिको हो ।

नेपालभ्युज

गायिका रीमा गुरुङको नयाँ गीत ‘चुँडेर भूँइमा’ सार्वजनिक, उनकै गीतबाट दयाहाङ राईले गरेका थिए ‘डेब्यू’

काठमाडौं । चर्चित गायिका रीमा गुरुङ होडाको नयाँ गीत सार्वजनिक भएको छ । ‘कसको आँखा लाग्यो बरै मेरो खुशीमाथि’लगायत थुप्रै सुपरहिट गीत गाएकी रीमाले नयाँ गीत ‘चुँडेर भूँइमा…’ ल्याएकी हुन् ।

सचिन सिंहको सङ्गीत र एरेन्ज रहेको गीत सुमी सिंहले लेखेकी हुन् । सामान्य किसिमबाट बनाइएको भिडिओ गायिका रीमा आफैँ देखिएकी छिन् ।

पछिल्लो समय अमेरिकाको क्लोराडोमा बस्दै आएकी रिमाले नेपाल आएर गीत रेकर्ड गरेर भिडिओ बनाएकी हुन् । धेरैजसो विदेश बसे पनि उनले नेपाली गीतसङ्गीतमा पनि समय दिइरहेकी छिन् ।

नयाँ गीत सार्वजनिक गर्न नयाँ युट्युब च्यानल खोलेकी उनले भनेकी छिन्, ‘‘मेरा सबै आदरणीय साथीहरू, परिवार, प्रशंसकहरू, मेरा शुभेच्छुकहरूमा मेरो च्यानलमा मेरो नयाँ गीत प्रस्तुत गरेको छु । तपाईँको लाइक, कमेन्ट, सेयर र सल्लाहको प्रतीक्षामा छु ।’’

रीमा एकताका नेपाली संगीत क्षेत्रमा चर्चामा थिइन् । ‘कसको आँखा लाग्यो बरै मेरो खुशीमाथि’लगायतका उनका केही गीत चर्चामा थिए ।

अहिलेका चर्चित अभिनेता दयाहाङ राईले रीमाकै गीतबाट पर्दामा डेब्यु गरेका थिए । पूर्वेली गीत ‘बिनायो बजाउँदै, भाका सुनाउँदै’मा दयाहाङ राईले अभिनय गरेका थिए । डेढ दशकअघिको त्यो गीतमा रीमासँगै दिलेन्द्र राईले स्वर दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved