मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन

नेपालभ्युज

मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको आज निधन भएको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत थिए । उनको उपचारकै क्रममा आज निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए । स्व गच्छदारको अन्त्येष्टि मङ्गलबार गरिने उनले बताए ।

गत वर्ष माघमा उनी राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका बेला बेहोस भएर ढलेका थिए।

त्यसपछि उनी गम्भीर अवस्थामै रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved