उर्फी जावेदसँग विवाह गर्न चाहन्छन् ओरी

नेपालभ्युज

उर्फी जावेदसँग विवाह गर्न चाहन्छन् ओरी

एजेन्सी । उर्फी जावेद र ओरहान अवतरमणि उर्फ ओरी एकसाथ देखिएका छन् । उर्फी र ओरीका धेरै तस्वीरहरु पापाराजीले क्यामरामा कैद गरेका छन् । जो अहिले भाइरल भइरहेका छन् ।

उर्फी जावेदले ओरीलाई गालामा क्यामराका अगाडि चुम्बन गरेकी छन् । यो तस्वीर मिडियामा भाइरल भइरहेको छ । यो देखेर उनीहरुबीच सम्बन्ध एकदमै राम्रो भएको अनुमान गरिएको छ ।

यसैबीच एक जना पत्रकारले ओरीलाई सोध्छन्, “उर्फीसँग विवाह गर्छौं ?” यसमा ओरीले रोचक जवाफ दिएका छन् । ओरीले भने, “किन नगर्ने ? उर्फीसँग कसले विवाह नगर्ला ?”

हिजोआज उर्फी र ओरी धेरै स्थानमा एकसाथ देखिएका हुन्छन् । जसलाई देखेर प्रसंशकले उनीहरु सम्बन्धमा रहेको अनुमान गर्न थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved