दोहोरो अंकले घट्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव ०४ अंकले घटेर २०९५ दशमलव २५ को विन्दुमा पुगेको छ ।

आइतबार ३१७ कम्पनीका ७१ हजार ९ सय ९७ पटकको कारोबारमा १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ३ दशमलव २५ अंकले घटेर ३७० दशमलव ९३ को विन्दुमा पुगेको छ भने फ्लोट इन्डेक्स १ दशमलव १९ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २४ अंकले घटेको छ ।

१३ उपसमूहमध्ये १२ वटा घटेको छ भने होटेल र पर्यटन क्षेत्र झिनो अंकले बढेको छ । आज सर्वाधिक घट्नेमा माइक्रोफाइनान्स र निर्जीवन बीमा कम्पनी रहेको छ । जुन क्रमशः ८० दशमलव ५६ अंक र ६८ दशमलव २१ अंकले घटेको छ ।

आज नेपाल फाइनान्स लिमिटेडले सर्वाधिक कमाएको छ । जसको कारोबार रकम ३० करोड ४० लाख ५३ हजार ४ सय ९२ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved