टी-२० विश्वकपको इतिहासमा पहिलो पटक ब्याट्सम्यान ‘रिटायर आउट’

नेपालभ्युज

टी-२० विश्वकपको इतिहासमा पहिलो पटक ब्याट्सम्यान ‘रिटायर आउट’

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा पहिलो पटक खेलाडी ‘रिटायर आउट’ भएका छन् ।

नेपाली समयअनुसार आइतबार बिहान भएको इंग्ल्याण्डसँगको खेलमा नामिबियाका स्टार ब्याट्सम्यान निकोलस डेभिन रिटायर आउट भएका हुन् ।

वर्षाले प्रभावित खेल १० ओभरमा झारिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १० ओभरमा १२२ रन बनाएको थियो । जवाफमा नामिबियाको टोलीले ८४ रन मात्रै बनाउन सक्यो ।

ठूलो लक्ष्य पछ्याएको नामिबियाको टोलीलाई माइकल लिङ्गेनले राम्रो सुरूवात गराएका थिए । उनलाई साथ दिएका डेभलिनले राम्रो ब्याटिङ गर्न सकेनन् ।

निकोलसले १६ बलमा १८ रन बनाएका थिए । त्यसपछि उनी रिटायर आउट भए । उनको स्थानमा डेभिड भिस ब्याटिङमा आएका थिए ।

आफूले खुलेर खेल्न नसकेपछि रिटायर आउट भएको निकोलस बताउँछन् । यो नै टी–२० विश्वकपको इतिहासमा पहिलो पटक कुनै खेलाडी रिटायर आउट भएको हो ।

यदि कुनै ब्याट्सम्यान रिटायर्ड हर्ट भयो भने फेरि ब्याटिङमा आउन सक्छ, तर रिटायर आउट भएमा फेरि ब्याटिङमा आउन सक्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved