कुवेती दिनारको मूल्य घट्दा डलर बढ्यो 

नेपालभ्युज

कुवेती दिनारको मूल्य घट्दा डलर बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज कुवेती दिनारको मूल्य सामान्य घटेको छ भने डलरको मूल्य केही बढेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ पुगेको छ । केही घटेको कुवेती दिनार एकको खरिद दर ४३४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ४३६ रुपैयाँ ८८ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved