वन्यजन्तु आरक्षणमा आगलागी, ४ वन अधिकारीको मृत्यु

नेपालभ्युज

वन्यजन्तु आरक्षणमा आगलागी,  ४ वन अधिकारीको मृत्यु
सांकेतिक तस्वीर।

एजेन्सी ।  उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा चार जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य चार जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन् ।

वन विभागका अधिकारीहरूका अनुसार बिहीबार साँझ आगो निभाउन आठ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो । यद्यपि तीव्र हावाले आगो अझ फैलिँदा टोलीका चार सदस्यहरूको मृत्यु भयो र अन्य चार जना गम्भीररूपमा जलेका थिए । घाइतेहरूलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै बिनसर वन्यजन्तु आरक्षणमा लागेको आगो तत्काल नियन्त्रण गर्न वायुसेनाको सहयोगमा वन विभागका शीर्ष अधिकारीलाई निर्देशन दिएका  छन् ।

अधिकारीहरूले राज्यमा वनमा आगलागी हुनुको कारण गर्मी र सुक्खा मौसमलाई दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved