काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । मंगलबार ३३ अंकले बढेको बजार आज पुनः ६ दशमलव ३७ अंकले बढेर २१२१ दशमलव ६२ को विन्दुमा पुगेको छ ।
बुधबार ३१२ कम्पनीका ७४ हजार ८ सय ५८ पटकको कारोबारमा १ करोड २९ लाख ५० हजार ४ सय ०७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८९ लाख ४० करोड ८९ हजार २ सय ८५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १ दशमलव ६७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ५२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ६० अंकले बढेको छ ।
१३ उपसमूहमध्ये चार वटा घटेको छ भने नौ वटा बढेको छ ।
बुधबार निर्माण कम्पनी र माइक्रोफाइनान्स कम्पनीको परिसूचक सर्वाधिक बढेको छ भने सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा कम्पनी रहेको छ । नेप्से सामान्य अंक बढे पनि यस दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यस दिन समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन गणपति माइक्रोफाइनान्सको सेयर मूल्य साढे ८ प्रतिशत बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ८ प्रतिशत बढेको छ ।
कारोबारमा आएको सयपत्री हाइड्रोपावरको सेयर मूल्य यस दिन साढे ४ प्रतिशत घटेको छ । कारोबारको हिसाबले एनआरएन इन्फ्रास्ट्रक्चर र डेभलपमेन्ट कम्पनीले धेरै कमाएको छ । जसको कारोबार रकम २७ करोड ६३ लाख ६० हजार ४ सय ९१ रुपैयाँ रहेको छ ।
त्यस्तै, सीइडीबी हाइड्रोपावरले २४ करोड ४८ लाख ४१ हजार ६८ रुपैयाँ कमाएको छ ।
Facebook Comment
Comment