पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

नेपालभ्युज

पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । गएराति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ७ रनको लक्ष्य पाकिस्तानले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे ।

दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे

कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । उनले यस क्रममा १ चौका र १ छक्का प्रहार गरे ।

रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे । यसअघि क्यानडाले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ६ रन बनाएको थियो ।

समूह एमा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन्। पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंकविहिन छ।

अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना रहन्छ।

प्रतियोगितामा आज राति भारत र अमेरिका खेल्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved