सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

नेपालभ्युज

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि धितो कम राखेर बढी ऋण दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप छ ।

यसअघि सो प्रकरणमा विसं २०८० फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।

उनीहरू १ चैतमा हाजिर जमानीमा छुटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved