ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

नेपालभ्युज

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।

आइतबार बैंकको केन्द्रीय कार्यालय कमलादीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।

डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटिएम मेसिन जस्ता अत्याधुनिक मेसिन समेत रहेका छन् । यो नेपालमा नै पहिलो पटक ग्लोबल आइएमई बैंकले सुरुवात गरेको हो ।

ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो सुरुवात भएको बताए । उनले डिजिटल युनिभर्सलाई नेपालमा डिजिटल बैंकिङको प्लेटफर्मको रूपमा विकास गर्न खोजेको बताए ।

डिजिटल युनिभर्समा एटिएम, क्यास निक्षेप र चेक डिपोजिट मेसिनलाई प्रयोगमा ल्याएको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved