ओलीको स्पष्टीकरण : एमालेलाई समाप्त हुन नदिन संसद् विघटन गरेँ

नेपालभ्युज

ओलीको स्पष्टीकरण : एमालेलाई समाप्त हुन नदिन संसद् विघटन गरेँ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद् विघटन गर्नुपरेको बताएका छन् ।

अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताए ।

पार्टीका काठमाडौं जिल्ला कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरे ।

दक्षिणपन्थी शक्तिहरूको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरूलाई बुझाईसकेको अवस्थामा हुने ओलीको भनाई थियो ।

उनले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई बचाउन प्रतिनिधि सभा विघटन गरेको भएपनि कतिपय पार्टी भित्रकै मान्छेले कुरा नबुझेको गुनासो पनि गरे ।

अध्यक्ष ओलीले हरेक क्षेत्रमा आफूले सरकारको नेतृत्व लिएर राम्रो काम गरेपनि तत्कालीन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीहरूको पाउमा बुझाउने काम गरेको जिकीर पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved