विराटलाई उछिन्दै बाबर बने टी-२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी

नेपालभ्युज

विराटलाई उछिन्दै बाबर बने टी-२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।

आईसीसी टी-२० विश्वकप अन्तर्गत बिहीबार भएको खेलमा अमेरिकाविरुद्ध ४४ रन बनाएका आजम टी–२० फर्म्याटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् ।

उनले भारतका विराट कोहलीलाई उछिनेका छन् । बाबरले टी–२० खेलमा ४ हजार ६७ रन बनाएका छन् ।

कोहलीले ४ हजार ३८ रन बनाएका छन् । सूचीको तेस्रो स्थानमा भारतका कप्तान रोहित शर्मा छन् । उनले ४ हजार २६ रन बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved