एजेन्सी । ९० को दशककी चर्चित अभिनेत्री मीनाक्षी शेषाद्रीले दिवंगत अभिनेता ऋषि कपूरसँग धेरै फिल्महरूमा काम गरिन् ।
दुवैको केमेस्ट्री दर्शकले एकदमै मन पराउँथे । ‘दामिनी’, ‘बडे घर की बेटी’, ‘घर परिवार’, ‘घराना’, ‘साधना’ र ‘विजय’ जस्ता फिल्महरूमा ऋषि कपूर र मीनाक्षीको जोडी छाएको थियो । काम गर्ने समयमा उनीहरू राम्रा साथी पनि थिए ।
हालै मीनाक्षी शेषाद्रीले खुलासा गरिन् कि ऋषि प्रायः उनलाई ठट्टामा उडाउने गर्थे ।
हालै दिएको एक अन्तर्वार्तामा उनले ऋषि आफ्नो अफस्क्रीन पनि साथी भएको बताएकी छन् । उनी प्रायः अभिनेताको घर उनी र उनकी श्रीमती नितुसँग भेट्न जाने गर्थिन् ।
मीनाक्षीले भनिन्, “ऋषि जी एकदमै सानदार मानिस हुनुहुन्थ्यो । उहाँले विभिन्न पिँढीका व्यक्तिसँग काम गर्नुभयो र सबैलाई घरजस्तो वातावरण दिनुभयो जसमा म पनि सामेल छु । उहाँ पाली हिलमा यति नजिक बस्नुहुन्थ्यो कि म प्रायः आफ्नो घरबाट उहाँको घरमा पैदल जान्थेँ । ऋषि र नीतु जीसँग समय बिताउने गर्थेँ । मलाई लाग्छ उहाँ एकमात्र यस्ता अभिनेता हुनुहुन्थ्यो जसलाई म सेटबाहिर पनि भेट्ने गर्थेँ ।”
मीनाक्षीले अगाडि भनिन्, “ऋषि एकदमै खुला स्वभावको मानिस हुनुहुन्थ्यो र आफ्ना को–स्टार्स माथि जोक्स मार्नका लागि पनि चिनिनुहुन्थ्यो । उहाँले मलाई पनि जिस्काउनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो कहिले कहिले तिम्रो नृत्य नै मैले बुझ्दिनँ। तिम्रो भरतनाट्यम कम गर ।”
ऋषि रोचक खालका ट्वीटर स्टाटस लेखेर पनि चर्चामा आइरहन्थे । मीनाक्षीले पनि आफ्नो ट्वीटर अकाउन्ट खोल्नका लागि ऋषि कै सहयोग लिएको बताइन् । उनले ऋषिसँग आफू सत प्रतिशत सहज महसुस गर्ने गरेको बताइन् ।
Facebook Comment
Comment